images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • थाइ एयर एसियाले भैरहवाबाट बैंकक उडान...

थाइ एयर एसियाले भैरहवाबाट बैंकक उडान थाल्यो

थाइ एयर एसियाले भैरहवाबाट बैंकक उडान थाल्यो

images
images
आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • काठमाडौं । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान औपचारिक रुपमा आइतबारबाट सुरु गरेको छ । यो एयरलाइन्सले भैरहवाबाट सातामा दुई पटक उडान गर्नेछ ।

    images
    images

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार यो एयरलाइन्सले अब अर्को उडान ८ नोभम्बर (मंसिर २३ गते) गर्नेछ । उनका अनुसार आइतबार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको उक्त विमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।

    थाइ एअर एसियाले केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । अनुमति पाए पनि टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम हुन नपाएको राउतले बताए ।

    images
    images

    भैरहवाबाट बैंकक तर्फ एक तर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ तोकिएको छ । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend