images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार राजीनामा...

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार राजीनामा दिने

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार राजीनामा दिने

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिने भएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले आफ्नो कार्यकालको बिचमै राजीनामा दिन लागेका हुन् ।राष्ट्रपतिका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारीअनुसार शाहाबुद्दिनले शुक्रबार संसद्का सभामुखसमक्ष हस्ताक्षरित राजीनामा पत्र बुझाउनेछन् । निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अदालतको फैसलापछि स्वदेश फर्केर आत्मसमर्पण गर्ने घोषणा गरेको केही दिनमै शाहाबुद्दिनको राजीनामाको निर्णय सार्वजनिक भएको हो ।शाहाबुद्दिन शेख हसिनाका पुराना सहयोगी मानिन्छन् । स्रोतहरूका अनुसार हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमाथि उनका उच्च पदमा रहेका अन्तिम सहयोगीलाई पनि हटाउन सार्वजनिक दबाब बढेको थियो । यही कारण सरकारकै आग्रहमा शाहाबुद्दिनले पद छाड्न सहमति जनाएको बताइएको छ । यद्यपि, उनका प्रवक्ताले भने राजीनामाको औपचारिक कारण खुलाएका छैनन् ।

    images
    images

    शाहाबुद्दिन राज्य प्रमुख तथा बंगलादेशी सशस्त्र सेनाका सर्वोच्च कमान्डर हुन् । उनको राजीनामापछि शेख हसिना स्वदेश फर्किँदा राज्यको कुनै पनि उच्च पदमा उनका निकट सहयोगी रहने छैनन् । हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको छ भने सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि उनको सरकार पतन भएयता पार्टीका धेरै नेता तथा कार्यकर्ता जेलमा छन् वा लुकेर बसेका छन् ।बंगलादेशको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई राजीनामा पत्र बुझाएपछि राजीनामा तत्काल प्रभावकारी हुन्छ । नयाँ राष्ट्रपति निर्वाचित नहुँदासम्म सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । गत नोभेम्बरमा बंगलादेशको युद्ध अपराध अदालतले सन् २०२४ को आन्दोलनमाथि दमन गर्न आदेश दिएको आरोपमा शेख हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो ।भारतमा निर्वासनमा रहेकी हसिनाले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा भारी मतसहित विजयी भएका प्रधानमन्त्री तारिक रहमानको सरकारले देशमा स्थायि कायम गर्ने प्रयास गरिरहेका बेला हसिनाको सम्भावित स्वदेश फिर्तीलाई ठुलो राजनीतिक चुनौतीका रूपमा हेरिएको छ । ७६ वर्षीय शाहाबुद्दिन सन् २०२३ मा अवामी लिगको उम्मेदवारका रूपमा निर्विरोध राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले यसअघि पनि फेब्रुअरीको निर्वाचनपछि पद त्याग्ने योजना रहेको बताएका थिए । अन्तरिम सरकारले आफूलाई प्रभावहीन बनाएको उनको भनाइ थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend