images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव...

स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ

स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन् । गत साउन ३ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ जाने तयारीमा थिए । विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो ।

    images
    images

    विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले तामाङलाई बरामद रकमसहित थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिउपसचिव तहकै कर्मचारी पक्राउ परेको यति ठुलो घटनालाई भने मोरङ प्रहरीले हालसम्म गुपचुप राखेको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको अनुसन्धान भइरहेको बताए ।‘हामीले नियन्त्रणमा लिएको व्यक्तिले सम्पत्तिको स्रोत देखाउन सक्नुभएको छैन,’ एसपी कटुवालले भने, ‘सम्भवतः आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend