अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा धेरै निक्षेप थुप्रिएको छ ।
पछिल्लो समय लगानी बढ्न नसक्दा र आर्थिक गतिविधि सुस्त भएकाले बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा बढीको नगद (कर्जा लगानी योग्य रकम) थुप्रिएको हो ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप उच्चले बढिरहेको छ । सोही अनुपातमा कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकहरूमा ६ खर्ब ६७ अर्ब रूपैयाँ कर्जा योग्य लगानी रकम थुप्रिएको छ ।
कर्जाको मागमा आएको कमीका कारण यसरी लगानी योग्य रकम थुप्रिएको हो । असार ९ गतेसम्म बैंकहरूमा ६२ खर्ब ७७ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये ५१ खर्ब ३५ अर्ब रूपैयाँ मात्र कर्जा लगानी भएको छ ।
बैंकहरूले आफ्नो कर्जा निक्षेप अनुपात ९० प्रतिशत लगानी गर्न सक्छन् । अहिले कर्जा नबढ्दा यस्तो अनुपात ७९.६८ प्रतिशत छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा ११.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । तर गत वैशाख अन्त्यसम्म निजी क्षेत्रमा गएको कर्जा ४.७ प्रतिशतले मात्र बढेको छ ।
१३ प्रतिशतभन्दा माथि पुगेको कर्जाको ब्याजदर १० प्रतिशत हाराहारी भए पनि माग बढेको छैन । बैंकहरूमा पैसा थुप्रिँदै गएपछि बचतको ब्याजदर समेत घटिरहेको छ । निक्षेपमा अधिकतम ब्याजदर औसत ६.८८ प्रतिशत छ ।




.gif)





