images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी...

सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश

सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। पक्राउ पुर्जी प्रकरणमा लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलमा झिकाएको छ।

    images
    images

    शाहको रिटमा सुनुवाइपछि सर्वोच्चमा छलफल नहुञ्जेलसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । कांग्रेस सांसद शाहले पक्राउ पुर्जी रोक्न माग राखेर मङ्गलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उद्योग वाणिज्य सङ्घका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा साहमाथि छानबिनका लागि प्रहरीले अनुसन्धान गर्न कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend