images

२०८३ आश्विन २८ गते

images
images
images

विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा

विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । विशेष अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा ५९.३८ प्रतिशत अर्थात् १५५ मुद्दा फछर्योट गरेको छ । त्यस अदालतमा २६१ मुद्दा रहेकामा अब १०६ वटा मुद्दा फछर्योट गर्न बाँकी छ ।त्यस आर्थिक वर्षमा अदालतको ८३.७८ प्रतिशत मुद्दा फछर्योट गर्ने लक्ष्य राखेकामा गत भदौ २४ गतेको आन्दोलनबाट सिर्जित अवस्था र न्यायाधीशको सरुवाका कारण लक्ष्य प्राप्तिमा कठिनाइ भएको जनाएको छ ।अदालतका अध्यक्ष सुदर्शनदेव भट्टले भने, “आन्दोलनमा भवन, सूचना प्रविधि शाखा, कम्युटरलगायतका सामग्री क्षतिग्रस्त भएकाले व्यवस्थापन गर्न केही समय खर्चनुपरेकाले लक्ष्यअनुरुप मुद्दा फछर्योटमा कठिनाइ भयो ।”विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४ थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको छ ।

    images
    images

    गैरकानुनी सम्पत्ति आर्जन, घुस/रिसवत, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दाको कारबाही र किनारा लगाउने कार्य गर्दै आएको छ ।मुलुकका ७७ वटै जिल्लाका विवाद हेर्नेसमेत क्षेत्राधिकार रहेको विशेष अदालतमा छ जना न्यायाधीश रहने कानुनी व्यवस्था छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend