images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • हालसम्म ६२ कम्पनीले गरे लाभांश घोषणा,...

हालसम्म ६२ कम्पनीले गरे लाभांश घोषणा, लगानीकर्ताले कुनबाट कति पाउँदैछन् (सूचिसहित)

हालसम्म ६२ कम्पनीले गरे लाभांश घोषणा, लगानीकर्ताले कुनबाट कति पाउँदैछन् (सूचिसहित)

images
images
शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • काठमाडौं– नेप्सेमा सूचीकृत ६२ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हाल सम्म म्युचुअल फन्ड सहित ६२ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये २७ म्युचुअल फन्ड हुन् भने ३५ कम्पनीहरु रहेका छन् । ३५ मध्ये २५ वटाले साधारण सभाको मिति तय गरिसकेका छन् । यी मध्ये धेरैको साधारण सभा सम्पन्न भइसकेको छ भने केही कम्पनीको बाँकी छ । 

    images
    images

    हाल सम्म लाभांश घोषणा गरेका कम्पनीमा ७ वाणिज्य बैंक, १ विकास बैंक, २ लगानी कम्पनी, २ जीवन बिमा कम्पनी, २ उत्पादन कम्पनी, २ होटल, ८ लघुवित्त र ११ हाइड्रोपावर कम्पनी छन् । लाभांश घोषणा गरेका मध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् ।

    लाभांश घोषणा गर्ने मध्ये युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई कर सहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०–८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । 

    images
    images

    लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारण सभामार्फत पारित गर्छन् । साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने गरेका छन् । कम्पनीले करका लागि छुट्टै नगद लाभांश व्यवस्था नगरेमा लगानीकर्ताले नै तिर्नुपर्ने हुन्छ ।

    यस्तै, लाभांश घोषणा गर्नेमा म्युचुअल फन्डहरुको बाहुल्यता रहेको छ । हालसम्म २७ म्युचुअल फन्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । यी सबैले बुक क्लोजको मिति तय गरिसकेका छन् । यी मध्ये अधिकांशले त लगानीकर्ताको खातामा नगद लाभांश पनि जम्मा गरिसकेका छन् । 

    म्युचुअल फन्ड मध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ । यसले गत वर्षको नाफाबाट इकाइ धनीलाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । एनआइसी एसिया सेलेक्ट ३० ले १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । 

    news_cyqflonkd1j

    news_5iqcxhhbom2

    news_dj5wlva41em

    news_5nlh0decylg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend