images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले...

प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक

प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • वाशिङटन डीसी । अमेरिकाको एक संघीय अदालतले करिब ११० अर्ब डलर मूल्यको प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबिच प्रस्तावित विलय सम्झौतामा अस्थायी रोक लगाएको छ ।यो निर्णय क्यालिफोर्निया र न्युयोर्कसहित १२ अमेरिकी राज्यले दायर गरेको मुद्दापछि आएको हो । ती राज्यहरूले उक्त विलयले प्रतिस्पर्धा घटाउने र उपभोक्तामाथि आर्थिक भार बढाउने भन्दै सम्झौता रोक्न माग गरेका थिए ।राज्यहरूको तर्फबाट मुद्दा लडिरहेका सरकारी वकिलहरूले दुई ठुला चलचित्र स्टुडियो एक भएपछि चलचित्र हल, केबल टेलिभिजन वितरक तथा अन्ततः देशभरका दर्शकलाई ठुलो नोक्सानी पुग्ने तर्क गरेका छन् । यता दुवै कम्पनीले भने राज्यहरूले बजारको वास्तविक अवस्थालाई गलत रूपमा बुझेको दाबी गर्दै विलयबाट स्ट्रिमिङ सेवा अझ प्रभावकारी हुने बताएका छन् ।

    images
    images

    संघीय जिल्ला अदालतकी न्यायाधीश अरासेली मार्टिनेज–ओल्गुइनले सोमबार १४ दिनका लागि अस्थायी रोक आदेश जारी गरेकी हुन् । यस अवधिमा कुनै पनि कम्पनीले विलय प्रक्रिया अन्तिम रूप दिन वा दुवै कम्पनीको व्यवसायलाई एकीकृत गर्न पाउने छैन । न्यायाधीशले राज्यहरूको गठबन्धनले चलचित्र वितरण क्षेत्रमा यस विलयको असरबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छन् ।अहिले नै विलय हुन दिएमा पछि अदालतले सम्झौता रोक्ने निर्णय गरे त्यसलाई उल्ट्याउन अत्यन्त कठिन हुने चेतावनी उनले दिइन् । प्रतिस्पर्धा संरक्षणसम्बन्धी कानुन कार्यान्वयनमा रहेको सार्वजनिक हित विलयमा हुने केही समयको ढिलाइभन्दा बढी महत्त्वपूर्ण रहेको पनि उनले बताइन् । उनका अनुसार कानुनी प्रक्रिया जारी रहँदासम्म प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरी छुट्टाछुट्टै कम्पनीका रूपमा सञ्चालन हुनेछन् र बजारमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहनेछन् ।

    विलय भयो भने के हुन्छ ?

    images
    images

    यो सम्झौता स्वीकृत भयो भने हलिउडका एक शताब्दीभन्दा लामो प्रतिस्पर्धामा रहेका दुई ठुला चलचित्र कम्पनी एउटै संस्थामा गाभिनेछन् । यी कम्पनीहरूको स्वामित्वमा ह्यारी पोटर, ब्याटम्यान, मिसनः इम्पसिबल र टप गन जस्ता चर्चित चलचित्र श्रृंखला रहेका छन् । साथै सिएनएन, एमटिभी र निकेलोडियनजस्ता प्रमुख टेलिभिजन च्यानलहरू पनि यिनकै स्वामित्वमा छन् । विश्लेषणअनुसार यो विलय सम्पन्न भए नयाँ कम्पनीले प्रमुख हलिउड चलचित्र प्रदर्शनको एक चौथाइभन्दा बढी हिस्सा नियन्त्रण गर्नेछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend