images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको...

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ। काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले यस्तो असन्तुष्टि जनाएका हुन्। काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको चार वर्षमा पनि निर्माण सम्पन्न नहुने उनीहरूले बताएका छन्। बैठकमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले लामो वर्ष बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुतमार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताए। सरकारले चार वर्षभित्र सम्पन्न हुने बताए पनि निर्माण स्थलको अनुगमन र प्राविधिकहरूसँगको छलफलपछि चार वर्षभित्र पनि सकिने लक्षण नदेखिएको उनको भनाइ छ।

    images
    images

    त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले द्रुतमार्ग निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताए। उनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा भएको ढिलाइ र बजेट व्यवस्थापनका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए।समितिले केही समय अघि काठमाडौँ–तराई/मधेस द्रुतमार्ग, नागढुङ्गा सुरुङमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम लगायतका आयोजनाहरूको स्थलगत अनुगमन गरेको थियो। आगामी बैठकमा अनुगमन प्रतिवेदनमाथि विस्तृत छलफल हुने समिति सभापति पूजा चौधरीले जानकारी दिएकी छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend