images

२०८३ आश्विन १६ गते

images
images
images

साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन्। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन्।पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको व्यवस्था मिलाइएको छ। पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको सदस्य सचिव श्रेष्ठले स्वीकार गरेका छन्।

    images
    images

    दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ-संस्थाको विशेष सेवा एवं सहभागिता रहने जनाइएको छ। लाखौँ श्रद्धालु भक्तजनलाई सहज र मर्यादित वातावरणमा दर्शन र पूजा गराउने गरी तयारी गरिएको छ।बिहान ३:०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि ८:०० बजेसम्म भक्तजनका लागि खुला रहनेछन्। विशेष पूजा भने बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुनेछ। मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लाम भने धेरै लामो नभएको कोषले जनाएको छ।

    पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत साना-ठूला सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। यसैगरी देशभरका विभिन्न शिवालयहरूमा पनि भक्तजन पूजा-आराधना र दर्शनका लागि पुगेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend