images

२०८३ आश्विन १६ गते

images
images
images

तिहारको तेस्रो दिन लक्ष्मी पूजाः काठमाडौंमा रातिसम्म चहलपहल

तिहारको तेस्रो दिन लक्ष्मी पूजाः काठमाडौंमा रातिसम्म चहलपहल

images
images
शुक्रवार, कार्तिक १६ २०८१
शुक्रवार, कार्तिक १६ २०८१
  • काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखियो । विगतका दिनमा भन्दा बिहीबार राति सम्म पनि बढी चहलपहल देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images

    काठमाडौं उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुख रात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौं उपत्यकामा चहलपहल बढेको हो । राति ९ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेर सम्म बाक्लै चहलपहल देखिएको छ ।

    काठमाडौं उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजु लगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ । (रासस 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend