images

२०८३ आश्विन १७ गते

images
images
images

जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई

जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • नेपालका लागि जापानका राजदूत माएडा तोरुले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–जापानबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी हुनुका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षको आगामी नेपाल भ्रमणको तयारीबारे पनि छलफल भएको थियो। साथै, नेपालको शिक्षा, ऊर्जा र जलविद्युतजस्ता महत्त्वपूर्ण क्षेत्रमा जापान सरकारले गर्दै आएको विकास सहयोगलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

    images
    images

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्। राजदूत माएडाले नेपाल–जापान साझेदारीलाई थप सुदृढ बनाउन जापान सधैं प्रतिबद्ध रहेको धारणा राखेका छन्।यसैगरी, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्तेभलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेकी छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेकी राजदूत कोर्तेभलले बिदाइका क्रममा परराष्ट्र सचिव राईसँग भेटवार्ता गरेकी हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend