images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सम्पत्ति छानबिन आयोगका काम सर्वोच्चबाट अर्को...

सम्पत्ति छानबिन आयोगका काम सर्वोच्चबाट अर्को आदेश नभएसम्म रोकिने

सम्पत्ति छानबिन आयोगका काम सर्वोच्चबाट अर्को आदेश नभएसम्म रोकिने

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै काम–कारबाही रोकिने भएको छ । बुधबार (असार ३१)को अन्तरिम आदेशानुसार सबै काम तत्कालका निम्ति रोकिने भएको हो ।सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले जारी गरेको अन्तरिम आदेश बिहीबार (असार ३२) सार्वजनिक भएको छ । अन्तरिम आदेशमा भनिएको छ, “यस अदालतको संयुक्त इजलासबाट २६ असार, २०८३ मा भएको आदेशको समग्रतामा व्यक्त भएको मर्म र भावनाको प्रतिकूल हुने गरी आयोगले २९ असारमा जारी गरेको सूचनाको दोस्रो खण्डमा उल्लेखित व्यहोरा कार्यान्वयन नगर्नू नगराउनू ।”

    images
    images

    सर्वोच्चको अघिल्लो अन्तरिम आदेशपश्चात् आयोगले राजनीतिक र अरू पदाधिकारीको हकमा सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन पेस गर्ने समेतको काम नरोकिने भन्दै सूचना जारी गरेको थियो ।न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासको अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेस, छानबिन र कानुनी कारबाहीको सिफारिस गर्ने काम अघि नबढाउने भन्ने वाक्यांशले अन्योल सिर्जना भएको थियो । बुधबारको अन्तरिम आदेशमा भने आयोगको छानबिन के हुने भनेर थप प्रस्ट पारिएको छ ।शुक्रबार (असार २६)को अन्तरिम आदेशमा पूर्ण इजलासबाट १५ दिनभित्र सुनुवाइको पेसी तय भएको छ । अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नहुने अवस्था उत्पन्न भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend