images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब...

सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ४१ करोडको सेयर किनबेच

सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ४१ करोडको सेयर किनबेच

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  •  काठमाडौं । अघिल्लो दिन ३० अंक घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ६.११ अंक बढेको छ ।सो वृद्धिपछि नेप्से २५७६ अंकमा कायम भएको छ । दिउँसो १२ : १० बजे बजार २५४७ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः बढेर बन्द भयो ।अघिल्लो दिन नेप्से २५७० अंकमा थियो, जुन मंसिर ४ गतेयताकै न्यून हो ।

    images
    images

    आज बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४१ करोडको भयो । यो कारोबार रकम करिब तीन महिनाकै उच्च हो । यसअघि वैशाख ३ गते ९ अर्ब २० करोडको कारोबार भएको थियो । आजको कारोबार त्यसयताकै धेरै हो ।१६४ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने १० को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । व्यापार सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो ।बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२०, अन्य ०.१५ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.१८ प्रतिशत घट्यो ।

    उपकार लघुवित्तको मूल्य ९.१९ तथा भगवती हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै बढ्नेमा आज बैंकका लामो अवधिका ऋणपत्र अगाडि रहे ।सामुदायिक लघुवित्तको मूल्य ८.१० प्रतिशत घट्यो । स्वाबलम्बन लघुवित्तको ४.४७, सुपर खुदी हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार हुनेमा ऋणपत्र नै अगाडि रहे । कुमारी बैंक डिबेन्चर ९०, एनआईएमबी डिबेन्चर ९०, एसबीआई डिबेन्चर ९०, एभरेस्ट बैंक डिबेन्चर ९१ तथा कृषि विकास बैंक डिबेन्चर ८३ को उच्च कारोबार भयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend