images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका...

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २० ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २० ढोका खोलियो

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • इनरुवा, ३० असार । पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न थालेको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोशी ब्यारेजका २० वटा ढोका खोलिएको छ।

    images
    images

    सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सोमबार रातिसम्म कोशी ब्यारेजमा प्रति सेकेन्ड एक लाख ७२ हजार ४३२ क्युसेक पानीको बहाव मापन गरिएको छ।

    पानीको सतह निरन्तर बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि ब्यारेजका ५२ वटा मुख्य ढोका र दुईवटा नहरका गरी कुल ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको उनले जानकारी दिए।

    images
    images

    पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। साथै, सम्भावित जोखिमबारे सचेत गराउन रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

    प्रशासनले कोशी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend