images

२०८३ आश्विन १६ गते

images
images
images

तेस्रो मुलुकमा ११ महिनामै १ अर्ब १८ करोड रुपैयाँको नेपाली छुर्पी निर्यात

तेस्रो मुलुकमा ११ महिनामै १ अर्ब १८ करोड रुपैयाँको नेपाली छुर्पी निर्यात

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • पर्सा । नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै वीरगन्ज नाकाबाट तेस्रो मुलुकतर्फ यसको निर्यात निरन्तर बढिरहेको छ । विशेषगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा घरपालुवा कुकुर–बिरालोका लागि प्रयोग हुने च्यु–ट्रिटका रूपमा नेपाली छुर्पीको माग बढेपछि निर्यातमा उल्लेख्य वृद्धि देखिएको हो ।वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ बराबरको ६ लाख ४४ हजार ३ सय ८६ किलोग्राम छुर्पी निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ५ लाख ८७ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो। यस आधारमा चालु वर्षमा मूल्यका हिसाबले करिब १४ करोड रुपैयाँ र परिमाणका हिसाबले करिब ५७ हजार किलोग्रामले निर्यात बढेको देखिन्छ।

    images
    images

    वीरगन्ज भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार पछिल्ला दुई वर्षयता यो नाकाबाट छुर्पी निर्यात निरन्तर उकालो लागेको छ। उनका अनुसार नेपाली छुर्पी विदेशमा मानव उपभोगका लागि भन्दा पनि घरपालुवा कुकुर तथा बिरालोका लागि पेट फुडअन्तर्गत निर्यात हुने गरेको छ। तेस्रो मुलुकका उपभोक्ताले नेपाली छुर्पीलाई कुकुर–बिरालोका लागि प्राकृतिक चपाउने खाद्य सामग्रीका रूपमा प्रयोग गरिरहेका छन् । हड्डीको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने, लामो समय टिक्ने र स्वादिलो भएकाले यसको माग बढिरहेको छ।भन्सार अभिलेखअनुसार छुर्पी ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा निकासी हुने गरेको छ। यसमा निर्यात भन्सार महसुल लाग्दैन। प्रत्येक निकासी प्रज्ञापनपत्रमा सेवा शुल्कस्वरूप १ सय १३ रुपैयाँ मात्र लाग्ने व्यवस्था रहेको तिवारीले जानकारी दिए। नेपालका इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने छुर्पी वीरगन्ज नाकाबाट तेस्रो मुलुकतर्फ पठाइन्छ। विशेषगरी इलाममा छुर्पी प्रशोधन उद्योगहरू सञ्चालनमा रहेकाले त्यहाँबाट सबैभन्दा बढी उत्पादन हुने गरेको छ।

    अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको पहिचान र प्रवर्द्धनलाई थप सुदृढ बनाउन सके निर्यात अझ विस्तार हुने सम्भावना छ। बढ्दो मागले दुग्धजन्य उत्पादनमा आधारित नेपाली उद्योगका लागि नयाँ अवसर सिर्जना गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend