images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • सन् २०२५ मा न्यूट्रि फुड्सको व्यापार...

सन् २०२५ मा न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढ्यो

सन् २०२५ मा न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढ्यो

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले वृद्धि भएको हो ।कम्पनीले गत आवमा १ अर्ब ५३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ भने सन् २०२४ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा १ अर्ब ५४ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब २९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

    images
    images

    कम्पनीले गत आवमा ९.१९ प्रतिशत नाफा मार्जिन गरेको छ । सन् २०२४ मा ६.१६ प्रतिशत गरेको थियो । त्यस्तै, गत आवमा कम्पनीले ४.४८ प्रतिशत खुद नाफा गरेको छ । सन् २०२४ मा ०.१९ प्रतिशत गरेको थियो ।कम्पनीको पुँजी संरचना मध्यम स्तरमा रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपातमा सुधार आई १.७२ गुणा कायम भएको छ । सन् २०२४ मा १.७६ गुणा थियो । कम्पनीअनुसार गत आवमा दीर्घकालीन ऋणको भुक्तानी तथा सञ्चित नाफामा भएको वृद्धिका कारण सुधार आएको उल्लेख छ ।कम्पनीको कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेट वर्थ अनुपात गत आवमा २.०३ गुणा रहेको छ । सन् २०२४ मा २.०५ गुणा थियो । कम्पनीको ऋण भुक्तानी क्षमतामा उल्लेख्य सुधार आएको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात १.५७ गुणाबाट बढेर गत आवमा ३.२८ गुणा पुगेको छ । त्यसैगरी, ऋण सेवा कभरेज अनुपात पनि सुधार भई १.३० गुणाबाट बढेर २.३४ गुणा पुगेको छ ।

    कम्पनीको समग्र क्षमता उपयोगमा पनि सुधार आएको छ । सन् २०२४ मा २७ प्रतिशत क्षमता उपयोग गरेको कम्पनीले गत आवमा ३० प्रतिशत उपयोग गरेको छ । साथै, चालु आवको ९ महिनाको अवधिमा ३१ प्रतिशत उपयोग गरेको छ । बजारमा उत्पादन वस्तुमा माग बढ्दा क्षमता बढेको उल्लेख छ । कम्पनीले आन्तरिक बजारसँगै बंगलादेशमा पनि उच्च माग हुँदा समग्र क्षमता उपयोग बढेको हो ।सन् २००१ मा पशुपति फ्‌लोर मिल्स नाममा दर्ता भएको कम्पनी सन् २००४ मा पशुपति फ्‌लोर मिल्स प्रालिमा रुपान्तरण गरेको थियो । कम्पनीले पुनः सन् २००६ मा नाम परिवर्तन गरी न्यूट्रि फुड्स प्रालि राखेको थियो । सुनसरीमा रहेको उद्योगले फ्‌लोर, दाल, मकै, बालबालिकाको खाना र जनवारको दानाको प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।कम्पनीले उक्त प्रशोधन गरेको वस्तु सुपरम्यान, फरच्यून र एन्कोर ब्रान्डमा बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनील बालबालिकाको खाना भने न्यूट्रिल्याक ब्रान्डमा बिक्री गर्दै आएको छ ।शारडा ग्रुपद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८१ करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend