images

२०८३ आश्विन १६ गते

images
images
images

मेची कोरिडोरमा माइखोला बेलासे बेलीब्रिज सञ्चालनमा,

मेची कोरिडोरमा माइखोला बेलासे बेलीब्रिज सञ्चालनमा,

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ, २८ असार ।  मेची कोरिडोरअन्तर्गत इलामको माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएसँगै इलाम, झापा, पाँचथर र ताप्लेजुङबीचको यातायात आवागमन सहज भएको छ।

    images
    images

    इलाम नगरपालिका–११ सोयाक र माइ नगरपालिका–९ चिसापानी जोड्ने माइखोला बेलासेमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको १ करोड ११ लाख २८ हजार ९२३ रुपैयाँ लागतमा १८० फिट लामो र १४ फिट चौडा बेलीब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

    गत असोज १८ गते आएको बाढीले सो स्थानको पक्की पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। अहिले बेलीब्रिज सञ्चालनमा आएपछि मेची राजमार्गको वैकल्पिक मार्ग प्रयोग गर्ने सवारीसाधन र यात्रुलाई ठूलो राहत पुगेको छ।

    images
    images

    सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार भारत सरकारको अनुदानमा प्राप्त बेलीब्रिजका सामग्री भारतीय प्राविधिक टोलीले जडान गरेको हो।

    यसैबीच, मेची कोरिडोरकै पुवाखोला र सिमलगोला–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा पनि बेलीब्रिज निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। दुवै स्थानमा आधारभूत संरचना तयार भए पनि भारतबाट आवश्यक सामग्री ढुवानी हुन नसक्दा जडान कार्य ढिलाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार भन्सार प्रक्रियापछि करिब एक साताभित्र सामग्री नेपाल आइपुग्ने र त्यसपछि प्राविधिक टोलीले जडान सुरु गर्ने अपेक्षा गरिएको छ। प्रत्येक बेलीब्रिज जडान गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको छ।

    यस्तै, माइखोला बेलासेमा स्थायी पक्की पुल निर्माणका लागि पनि सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरिसकेको छ। आगामी साउन १७ गते बोलपत्र खोलिनेछ भने सम्झौतापछि ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

    मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको मेची कोरिडोर इलामदेखि झापाको बिर्तामोडसम्म करिब ५० किलोमिटर लामो छ। यस सडक सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लाहरूमा वर्षायाममा समेत यातायात र मालसामान ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend