images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • आज र भोलि देशका विभिन्न स्थानमा...

आज र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

आज र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

images
images
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ, २८ असार ।  जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images

    विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्व क्षेत्रमा नेपालको तराई भू–भाग नजिक रहेको छ। यसका कारण मनसुन सक्रिय भई देशका विभिन्न क्षेत्रमा वर्षाको तीव्रता बढ्ने सम्भावना रहेको जनाएको छ।

    आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

    images
    images

    विभागले भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय लगायतका प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

    यस्तै, वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचनामा नियमित अद्यावधिक रहन पनि विभागले अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend