images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह,

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आग्रह,

लाभांश दाबी गर्न शेयरधनीलाई सूचना

images
images
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं, २६ असार । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म लाभांश प्राप्त नगरेका शेयरधनीलाई आवश्यक विवरण अद्यावधिक गरी लाभांश दाबी गर्न आग्रह गरेको छ।

    images
    images

    बैंकले शुक्रबार सूचना जारी गर्दै नगद लाभांश शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा उल्लेख भएको बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था रहेको जनाएको छ। तर, हालसम्म डिम्याट खातामा बैंक खाताको विवरण अद्यावधिक नगरेका शेयरधनीलाई सम्बन्धित निक्षेप सदस्य (डिपी) कार्यालयमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) तथा बैंक खाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।

    बैंकका अनुसार डिम्याट खातामा बैंक खाताको विवरण उपलब्ध गराउँदा त्रुटि भएका कारण नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीहरूको विवरण बैंकको वेबसाइटमा प्रकाशित गरिएको छ। त्यस्ता शेयरधनीले आवश्यक प्रक्रिया पूरा गरी लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    images
    images

    बैंकले कम्पनी ऐनअनुसार पाँच वर्षसम्म पनि कुनै शेयरधनीले दाबी नगरेको लाभांश रकम कम्पनी रजिस्ट्रारको कार्यालयअन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोष को सचिवालयमा जम्मा गरिने जानकारी समेत दिएको छ।

    बैंकले समयमै विवरण अद्यावधिक गरी आफ्नो लाभांश सुरक्षित रूपमा प्राप्त गर्न सम्पूर्ण शेयरधनीलाई अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend