काठमाडौं, २६ असार । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पदमा कार्यरत प्रहरी कर्मचारीहरूको बढुवा तथा पदस्थापन गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार (असार २६ गते) जारी निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्र।स।नि।हरूको बढुवा तथा नयाँ कार्यस्थलमा पदस्थापन गरिएको हो।
प्रधान कार्यालयका अनुसार बढुवा भएका प्रहरी कर्मचारीहरूलाई संगठनको आवश्यकता, कार्यसम्पादन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यालय तथा इकाइमा पदस्थापन गरिएको छ।
बढुवा तथा पदस्थापनसम्बन्धी विस्तृत नामावली र कार्यस्थल नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार लागू हुने जनाइएको छ।












.gif)





