images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै

शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

    images
    images

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ।

    राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा र ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

    images
    images

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ भने अधिकतम पाँच करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    यस निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

    राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक स्थायित्व कायम राख्न नियमित रूपमा निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट तरलता खिच्दै आएको छ।

    काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ।

    राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा र ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ भने अधिकतम पाँच करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    यस निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

    राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक स्थायित्व कायम राख्न नियमित रूपमा निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट तरलता खिच्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend