images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन...

सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन हुने

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज बनाउन असार २७ र २८ गतेको सार्वजनिक बिदामा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन गर्ने भएको छ।

    images
    images

    राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार दुवै दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म आरटीजीएस सेवा सञ्चालन हुने जानकारी दिएको हो।

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको अन्तिम समयमा हुने उच्च भुक्तानी कारोबारलाई सहज, छिटो र प्रभावकारी बनाउन बिदाका दिनसमेत प्रणाली सञ्चालन गर्ने व्यवस्था गरिएको हो।

    images
    images

    यस व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले उच्च मूल्यका अन्तरबैंक भुक्तानी तथा अन्य आवश्यक कारोबार सार्वजनिक बिदामा पनि नियमित रूपमा सञ्चालन गर्न सक्नेछन्। यसले आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी तथा वित्तीय कारोबार व्यवस्थापनमा सहजता पुग्ने राष्ट्र बैंकको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend