images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा...

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले चौबीसै घण्टा अनुगमन थालेको छ।

    images
    images

    गत असार २० गते भरतपुर–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु भएपछि हात्तीको खोजी तीव्र पारिएको हो। निकुञ्जभित्र फेला परे डार्ट गरी रेडियो कलर जडान गरेर निरन्तर निगरानी गरिने मन्त्रालयले जनाएको छ।

    सरकारले मृतकका परिवारलाई प्रतिमृतक १० लाखका दरले २० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। साथै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट थप १ लाख रुपैयाँ प्रदान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend