काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन हुन लागेको ‘मिड–डे मील (दिवा भोजन)’ कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यक्रमअन्तर्गत फुड फर लाइफ नेपालले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउनेछ।
बैंकका अनुसार यो कार्यक्रमले विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयमा नियमित उपस्थिति बढाउन र शिक्षामा निरन्तरता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि समाजको दिगो विकासमा टेवा पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




.gif)





