काठमाडौँ । काठमाडौँको सिंहदरबार क्षेत्र बाहिर सवारी आवागमनलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले निगरानी थप कडा बनाएको छ।

ट्राफिक प्रहरीले भीडभाड हुने चोक, कार्यालय समयका व्यस्त सडक तथा संवेदनशील क्षेत्रमा अतिरिक्त जनशक्ति परिचालन गरी सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान थालेको जनाएको छ।
कार्यालय समयका कारण हुने सवारी चापलाई सहज बनाउने, जाम न्यूनीकरण गर्ने तथा सडक सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको हो।
ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियमको पालना गर्न, लेन अनुशासन कायम राख्न तथा अनावश्यक रूपमा सडक अवरुद्ध नगर्न पनि आग्रह गरेको छ।




.gif)





