images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • १४ अङ्कले घट्यो शेयर बजार,कारोबार रकममा...

१४ अङ्कले घट्यो शेयर बजार,कारोबार रकममा पनि कमी

१४ अङ्कले घट्यो शेयर बजार,कारोबार रकममा पनि कमी

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं ।  हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । तिहार बिदाअघि शेयर बजार परिसूचक नेप्से १४ दशमलव ४३ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ ।

    images
    images

    आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend