images

२०८३ आश्विन १७ गते

images
images
images

राष्ट्र बैंकले आज २० अर्बको ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले आज २० अर्बको ऋणपत्र जारी गर्दै

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज (बुधबार) २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको छ।

    images
    images

    राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागी हुन पाउनेछन्। ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ। बोलकबोलबाट नै ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।

    यो एक वर्ष अवधिको ऋणपत्र हो। यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने व्यवस्था गरिएको छ।

    images
    images

    राष्ट्र बैंकले जनाएको अनुसार ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँका दरले तथा सोही रकमले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेश गर्न सकिनेछ।

    उक्त ऋणपत्र नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend