images

२०८३ आश्विन १७ गते

images
images
images

धनगढीका ५ हजार विद्यार्थीको दिवा भोजन कार्यक्रमलाई मुक्तिनाथ विकास बैंकको सहयोग

धनगढीका ५ हजार विद्यार्थीको दिवा भोजन कार्यक्रमलाई मुक्तिनाथ विकास बैंकको सहयोग

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन हुन लागेको ‘मिड–डे मील (दिवा भोजन)’ कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

    images
    images

    कार्यक्रमअन्तर्गत फुड फर लाइफ नेपालले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक र सन्तुलित दिवा भोजन उपलब्ध गराउनेछ।

    बैंकका अनुसार यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयमा नियमित उपस्थिति बढाउन र शिक्षामा निरन्तरता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images

    मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुग्ने यस्ता सामाजिक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend