images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल–एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल–एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौता

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा दुई छुट्टाछुट्टै विकास आयोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका क्रममा सम्पन्न भएको हो।

    images
    images

    सम्झौताअनुसार ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा परिचालन गरिनेछ। यस आयोजनामार्फत स्थानीय तहमा खानेपानी, ढल व्यवस्थापन तथा सहरी सरसफाइ पूर्वाधारको विस्तार र स्तरोन्नति गरिनेछ। जलवायु अनुकूल खानेपानी सेवा विस्तार, ढल व्यवस्थापन प्रणाली सुदृढीकरण तथा साना–मझौला सहरमा आधारभूत सहरी सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ।

    बाँकी ५ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत भन्सार तथा आपूर्ति संयन्त्र सुधार कार्यक्रममा खर्च गरिनेछ। यो रकम भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण, लजिस्टिक प्रणाली सुधार तथा आपूर्ति शृङ्खलाको क्षमता अभिवृद्धिमा उपयोग गरिने सरकारको योजना छ। यसबाट सीमापार व्यापारलाई छिटो, सरल र लागत–प्रभावी बनाउने अपेक्षा गरिएको छ।

    images
    images

    सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा.घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित देशीय निर्देशक आर्नो कुश्वाले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकास साझेदारका रूपमा एडीबीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend