images

२०८३ आश्विन १६ गते

images
images
images

त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो

त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । त्रिवेणी दाल एन्ड आयल इन्डष्ट्रिजको व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ११ प्रतिशतले घटेको हो ।कम्पनीले सन् २०२४ मा १ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब १४ करोड १० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ ।कम्पनीले सन् २०२३ मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबारको तथ्याङ्क हेर्दा हरेक वर्ष घट्दो क्रममा रहेको देखाउँछ ।सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दाल तथा अन्नको कारोबार गर्दै आएको छ । वार्षिक १८ हजार मेट्रिक टन प्रशोधन क्षमता रहेको कम्पनीले चालु आवको ११ महिनाको अवधिमा ८० करोड रुपैयाँको कारोबार गरिसकेको छ ।

    images
    images

    कम्पनीले ५.०५ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ । सन् २०२४ मा ३.६३ प्रतिशत नाफा मार्जिन गरेको थियो ।कम्पनीको पुँजी संरचना उच्च ऋणमा निर्भर रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२४ को तुलनामा सुधार आई ३.२३ गुणा रहेको छ । सन् २०२४ मा ३.८१ गुणा थियो ।कम्पनीको पुँजी संरचना अत्यधिक ऋणमा निर्भर रहेकाले कार्यशील पुँजी आवश्यकता पूरा गर्न बैंक ऋणमा उच्च निर्भरता रहेको छ । कम्पनीको गत आवमा ब्याज कभरेज अनुपात सुधार भई १.०२ गुणा पुगेको छ ।सन् २०२४ मा १ गुणाभन्दा कम थियो । त्यस्तै, कम्पनीको कुल ऋण/कुल नगद सञ्चिती गत आवमा १५०.८५ गुणा पुगेको छ । सन् २०२४ मा उक्त अनुपात नकारात्मक थियो ।संघाई परिवारद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५० करोड पैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोढ रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend