काठमाडौं । नेपाल राष्ट्र बैंकले १ वर्ष अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र' निष्कासन गर्ने भएको छ। इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन्। आवेदन दिइने रकम ५ करोड रुपैयाँले निःशेष भाग जाने अङ्कमा हुनुपर्ने व्यवस्था गरिएको छ। ऋणपत्रको ब्याजदरमा गर्नुपर्नेछ ।
बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।




.gif)



