images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय बैंकिङ...

नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

images
images
शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  • काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित बैंकिङ अवार्ड प्राप्त गरेको छ। सिंगापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्स (एबिएफ) ले प्रदान गर्ने होलसेल बैंकिङ अवार्ड २०२६ र रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत बैंक विभिन्न चार विधामा सम्मानित भएको हो।

    images
    images

    बैंकका अनुसार होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको छ। त्यसैगरी रिटेल बैंकिङ अवार्डअन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ अवार्डबाट सम्मानित भएको जनाएको छ।

    बैंकले यी अन्तर्राष्ट्रिय सम्मानले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास, नवप्रवर्तन तथा ग्राहकमुखी सेवा विस्तारप्रतिको आफ्नो प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको जनाएको छ।

    images
    images

    अवार्ड प्राप्तिको अवसरमा बैंकले निरन्तर विश्वास र सहकार्य गर्ने आफ्ना सेयरधनी, ग्राहक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, नियामक निकायबाट प्राप्त मार्गदर्शन, सहयोग र विश्वासले बैंकलाई सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिमा थप प्रेरणा मिलेको उल्लेख गरेको छ।

    बैंकले आगामी दिनमा पनि आधुनिक, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै देशको आर्थिक विकास र समृद्धिमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकको देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend