images

२०८३ कार्तिक ४ गते

images
images
images

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा स्थगित

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा स्थगित

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा स्थगित भएको छ । कात्तिक १२ गते बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको कम्पनीले बताएको हो ।

    images
    images

    कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरु हुने गरी सभा बोलाएको थियो । लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको कम्पनीको सभामा गत आवका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समावेश थिए ।

    सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको थियो । कम्पनीका अनुसार २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्र शेयरधनी उपस्थित भएका थिए । पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनी सचिवले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend