काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५’ अन्तर्गत गरिमा विकास बैंक लिमिटेड सिल्भर अवार्डबाट सम्मानित भएको छ।
आइक्यानले विभिन्न कम्पनीका वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा हरेक वर्ष प्रदान गर्ने उक्त अवार्डमा आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा विकास बैंक समूहबाट गरिमा विकास बैंकले सिल्भर अवार्ड प्राप्त गरेको हो।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय तथा लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका थिए।
गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।




.gif)





