images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ऋणपत्रमा...

प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ऋणपत्रमा आवेदन दिने म्याद लम्ब्याए

प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ऋणपत्रमा आवेदन दिने म्याद लम्ब्याए

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि असार ३० गतेसम्म लम्ब्याएको छ। बैंकले असार १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको उक्त ऋणपत्रमा अब थप समयसम्म आवेदन दिन सकिने जनाएको हो।

    images
    images

    बैंकका अनुसार यदि तोकिएको अवधिभन्दा अगावै मागभन्दा बढी आवेदन परेमा सूचना प्रकाशित गरी निष्कासन प्रक्रिया समयअघि नै बन्द गरिनेछ।

    बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित दरका ३० लाख कित्ता, अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। कुल निष्कासनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।

    images
    images

    लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।

    यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत, साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

    बैंकले जनाएको अनुसार केयर रेटिङ्स नेपालले उक्त ऋणपत्रलाई इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च स्तरको सुरक्षा रहेको संकेत गर्दछ।

    ऋणपत्रबाट प्राप्त हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend