images

२०८३ आश्विन १७ गते

images
images
images

एनसीएचएलको ईएफटी कार्ड स्विचमा एभरेष्ट बैंक,

एनसीएचएलको ईएफटी कार्ड स्विचमा एभरेष्ट बैंक,

अब नेपालपे कार्ड पनि जारी गर्ने

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित ईएफटी कार्ड स्विचमार्फत कार्ड कारोबार सुरु गरेको छ।

    images
    images

    बैंकका अनुसार यससँगै अब भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारको प्रोसेसिङ र राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत हुने भएको छ।

    यसैसँग बैंकले अब नेपालपे कार्ड पनि जारी (इस्यु) तथा स्वीकार (अक्वायर) गर्ने भएको छ। बैंकका अनुसार यसले राष्ट्रिय कार्ड प्रणालीमा बैंकको सहभागिता थप सुदृढ बनाउनुका साथै देशभरका एटीएम, पीओएस तथा डिजिटल मर्चेन्ट नेटवर्कमा नेपालपे कार्डको स्वीकार्यता विस्तार गर्न सहयोग पुग्नेछ।

    images
    images

    बैंकले नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीचको सहकार्यका कारण आफ्ना कार्डधारकले स्वदेश तथा विदेश दुवैमा थप सहज रूपमा कार्ड प्रयोग गर्न सक्ने जनाएको छ।

    एभरेष्ट बैंकका अनुसार पुरानो कार्ड स्विचबाट एनसीएचएलको ईएफटी कार्ड स्विचमा सफल स्थानान्तरण हुनु बैंकका लागि महत्वपूर्ण रणनीतिक उपलब्धि हो। यसले कार्डसम्बन्धी सेवा सञ्चालनलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउनुका साथै सञ्चालनगत स्थायित्व, कार्यकुशलता, सुरक्षा सुदृढीकरण तथा लागत व्यवस्थापनमा समेत सहयोग पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

    हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सम्बन्धित सेवाहरू सञ्चालन गर्दै आएको छ। यस प्रणालीमा हालसम्म ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्, जसमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबारहरूको प्रोसेसिङ भइरहेको छ।

    गत आर्थिक वर्षमा एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढी बराबरको कार्ड कारोबार प्रोसेस भएको थियो।

    एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक डिजिटल बैंकिङ सेवाको विस्तारसँगै बढ्दो कार्डधारकलाई सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend