images

२०८३ आश्विन १७ गते

images
images
images

निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा महेश आचार्य नियुक्त भएका छन्।

    images
    images

    अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका अमृत लम्सालको स्थानमा आचार्य नियुक्त भएका हुन्। बैंकका अनुसार अर्थ मन्त्रालयले आचार्यलाई आफ्नो प्रतिनिधिका रूपमा मनोनयन गरेपछि असार १७ गते बसेको सञ्चालक समितिको १८७औँ बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त नियुक्ति असार १७ गतेदेखि नै लागू भएको बैंकले जनाएको छ।

    हाल निफ्राको सञ्चालक समितिको अध्यक्षमा स्वतन्त्र सञ्चालक महेश प्रसाद दाहाल रहेका छन्। समितिका अन्य सदस्यहरूमा महेश आचार्य, सुरेन्द्रराज रेग्मी, दीपक कुमार अग्रवाल, दिवाकर चन्द, डा.मनिष थापा र अनिता रायमाझी रहेका छन्।

    images
    images

    आचार्य अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहनेछन्। त्यसैगरी, सुरेन्द्रराज रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि, दीपक कुमार अग्रवाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रतिनिधि तथा दिवाकर चन्द एनआईसी एशिया बैंक लिमिटेडका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा आबद्ध छन्।

    यस्तै, डा। मनिष थापा र अनिता रायमाझी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिका सदस्यका रूपमा कार्यरत छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend