images

२०८३ आश्विन १७ गते

images
images
images

लगइन नगरी ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक, ग्लोबल आइएमई बैंकको नयाँ सुरक्षा सुविधा

लगइन नगरी ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक, ग्लोबल आइएमई बैंकको नयाँ सुरक्षा सुविधा

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । डिजिटल बैंकिङ ठगीका घटना बढिरहेका बेला ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकको निक्षेप सुरक्षित राख्न ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमार्फत लगइन नगरी नै केही सेकेन्डमा बैंक खाता ब्लक गर्न सकिने नयाँ सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ।

    images
    images

    बैंकले फिसिङ, स्क्याम तथा अनधिकृत पहुँचबाट ग्राहकलाई जोगाउने उद्देश्यले ‘फ्रड रेजिलियन्ट’ (Fraud Resilient) प्रणाली लागू गरेको जनाएको छ। यस व्यवस्थाअन्तर्गत ग्राहकले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल आफ्नो बैंक खाता रोक्का गर्न सक्नेछन्।

    बैंकका अनुसार ग्राहकले ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (अन्तर्राष्ट्रिय कलका लागि +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधमार्फत पनि खाता ब्लक गराउन सक्नेछन्।

    images
    images

    मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो सेवा अझ सहज बनाइएको छ। ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी नै माथिल्लो दायाँ कुनामा रहेको ‘Call Sign’ मा क्लिक गरी ‘Missed Call Banking’ भित्रको ‘Account Block by Missed Call’ विकल्प छनोट गरेपछि खाता तत्काल ब्लक हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

    बैंकका अनुसार यस प्रणालीले सम्भावित डिजिटल ठगी वा खाता ह्याक हुने जोखिम देखिनेबित्तिकै ग्राहकलाई तत्काल सुरक्षात्मक कदम चाल्न सहयोग गर्नेछ।

    यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। बैंकले आफ्नो नयाँ सुविधा उक्त निर्देशनसँग पनि मेल खाने जनाएको छ।

    ग्लोबल आइएमई बैंकले उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अवार्डहरू हासिल गरेको छ।

    हाल बैंकको देशभर ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकले बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

    त्यसैगरी, बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न देशबाट सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend