images

२०८३ आश्विन १६ गते

images
images
images

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • मान्म (कालीकोट), १८ असार । यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो । 

    images
    images

    नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिए । 

    “लाभग्राहीको सहजताका लागि नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो”, उनले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend