images

२०८३ आश्विन १७ गते

images
images
images

गरिमा विकास बैंकलाई बीपीए सिल्भर अवार्ड

गरिमा विकास बैंकलाई बीपीए सिल्भर अवार्ड

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रूपमा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५’ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ। विकास बैंक समूहअन्तर्गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

    images
    images

    आइक्यानले विभिन्न कम्पनी तथा वित्तीय संस्थाले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व, सूचना खुलासा, वित्तीय प्रतिवेदनको गुणस्तर तथा संस्थागत सुशासन सम्बन्धी मापदण्डका आधारमा हरेक वर्ष उत्कृष्ट संस्थालाई सम्मान गर्दै आएको छ। यस वर्ष गरिमा विकास बैंकको वार्षिक प्रतिवेदनले ती मापदण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि बैंकलाई विकास बैंक समूहबाट सिल्भर अवार्ड प्रदान गरिएको हो।

    काठमाडौंमा मंगलबार आयोजित विशेष समारोहमा आइक्यानका अध्यक्ष सि.ए. निल बहादुर सारु मगर ले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय तथा लेखा विभाग प्रमुख केशव तिमल्सिना लाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

    images
    images

    बैंकका अनुसार यो सम्मानले वित्तीय पारदर्शिता, उत्तरदायित्व, सुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्ड अवलम्बन गर्ने आफ्नो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। वार्षिक प्रतिवेदनलाई बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने माध्यम मात्र नभई लगानीकर्ता, नियामक निकाय, ग्राहक तथा अन्य सरोकारवालाप्रति उत्तरदायी रहने महत्वपूर्ण दस्तावेजका रूपमा विकास गर्दै आएको जनाएको छ।

    गरिमा विकास बैंकले पछिल्ला वर्षहरूमा विभिन्न राष्ट्रिय स्तरका सम्मानसमेत प्राप्त गर्दै आएको छ। बैंकलाई न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित गरिएको थियो। त्यसैगरी, कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ मा विकास बैंक समूहअन्तर्गत ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ को उपाधि समेत बैंकले प्राप्त गरेको थियो।

    बैंकले यी सम्मानहरूले संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय अनुशासन तथा ग्राहककेन्द्रित सेवा प्रवाहप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको जनाएको छ। आगामी दिनमा पनि पारदर्शी, उत्तरदायी तथा नवप्रवर्तनमा आधारित बैंकिङ सेवा विस्तार गर्दै सरोकारवालाको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

    हाल गरिमा विकास बैंकले देशभर फैलिएका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहक लाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले डिजिटल प्रविधिमा आधारित सेवा विस्तार, वित्तीय पहुँच वृद्धि तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा सञ्जाललाई निरन्तर विस्तार गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend