काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीलाई मात्र खरिदका लागि प्रस्ताव गरिएको थियो। तर, तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि बैंकले अब सर्वसाधारण व्यक्ति तथा संस्थालाई पनि आवेदन दिन सक्ने व्यवस्था गरेको हो।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आगामी सात दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या उल्लेख गरी निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ।




.gif)





