images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • अब कर्मचारी सरुवाको निवेदन अनलाइनबाट मात्रै,...

अब कर्मचारी सरुवाको निवेदन अनलाइनबाट मात्रै, मन्त्रालयको सूचना

अब कर्मचारी सरुवाको निवेदन अनलाइनबाट मात्रै, मन्त्रालयको सूचना

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ, १७ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवा प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ।

    images
    images

    मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ।

    सरुवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता (प्रोफाइल) सिर्जना गरी अनलाइनमार्फत मात्रै निवेदन पेस गर्नुपर्नेछ।

    images
    images

    मन्त्रालयका अनुसार अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनमाथि कुनै कारबाही गरिने छैन। त्यसैले सम्बन्धित सबै कर्मचारीलाई अनलाइन प्रणालीमार्फत नै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend