images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • नेपाल कृषि अनुसन्धान परिषद्ले दुई कर्मचारी...

नेपाल कृषि अनुसन्धान परिषद्ले दुई कर्मचारी हटाएको छ

नेपाल कृषि अनुसन्धान परिषद्ले दुई कर्मचारी हटाएको छ

images
images
मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं, १६ असार । नेपाल कृषि अनुसन्धान परिषद् (नाक्र) ले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको छ।

    images
    images

    परिषद्को सामान्य प्रशासन महाशाखाले सूचना जारी गर्दै कर्मचारी प्रशासन विनियमावली, २०८२ को विनियम ९५(१)(छ) बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको जनाएको हो।

    सूचनाअनुसार सेवाबाट हटाइएका कर्मचारीमध्ये कृषि अनुसन्धान निर्देशनालय, कोशी प्रदेश, तरहरा (सुनसरी) मा कार्यरत प्राविधिक अधिकृत (छैटौँ) पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार (ललितपुर) मा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।

    images
    images

    परिषद्ले जारी गरेको सूचनामा कर्मचारीहरू लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेकाले प्रचलित विनियमावली अनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी सेवाबाट हटाउने निर्णय गरिएको उल्लेख गरिएको छ।

    सरकारी निकायहरूमा कर्मचारीको नियमित उपस्थितिलाई सेवा प्रवाह र संस्थागत अनुशासनको महत्वपूर्ण आधार मानिने भएकाले लामो समयसम्म बिना स्वीकृति अनुपस्थित रहने कर्मचारीमाथि कानुनी व्यवस्था अनुसार कारबाही गर्ने प्रावधान रहेको छ।

    परिषद्को यो निर्णयसँगै सम्बन्धित कर्मचारीहरू अनुपस्थित रहेको मितिदेखि नै सेवाबाट स्वतः हटेको मानिनेछ। साथै, परिषद्ले कर्मचारीहरूलाई निर्धारित कार्यस्थलमा नियमित उपस्थित भई जिम्मेवारी निर्वाह गर्न तथा प्रचलित कानुन र विनियमावलीको पालना गर्न पनि आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend