images

२०८३ कार्तिक २ गते

images
images
images

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।

    images
    images

    त्यस्तै आजको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी आजकै बैठकले प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ।त्यस्तै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend