images

२०८३ आश्विन १६ गते

images
images
images

लियना ट्रेड कन्सर्नको व्यापार १७%ले बढ्यो, कतिको गर्‍यो कारोबार ?

लियना ट्रेड कन्सर्नको व्यापार १७%ले बढ्यो, कतिको गर्‍यो कारोबार ?

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । लियना ट्रेड कन्सर्न प्रालिको व्यापार १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १७ प्रतिशतले वृद्धि भएको हो ।सन् २०२४ मा २ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार गत आवमा बढेर २ अर्ब ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ८४ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ७६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । साथै, कम्पनीले चालु आवको १० महिनाको अवधिमा २ अर्ब ३८ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेको छ । सन् १९९४ मा स्थापना भएको यो कम्पनी औषधि आयातकर्ता तथा आधिकारिक वितरक हो ।

    images
    images

    कम्पनीले गत आवमा ५.१३ प्रतिशत सञ्चालन नाफा मार्जिन कायम गरेको छ । कम्पनीले गत आवमा ३.०९ प्रतिशत खुद नाफा गरेको छ, जबकि सन् २०२४ मा ३.२० प्रतिशत खुद नाफा गरेको थियो । कम्पनीले समग्र रूपमा अझै पनि मध्यम पुँजी संरचना कायम राखेको छ ।गत आवमा कम्पनीको ‘लेभरेज’ सूचकहरूमा केही कमजोरी देखिएको छ । गोदाम निर्माणका लागि थप ऋण लिइएका कारण कम्पनीको समग्र ‘गियरिङ’ अनुपात सन् २०२४ को ०.९० गुणाबाट बढेर गत आवमा १.३२ गुणा पुगेको छ ।कुल बाह्य दायित्व र ट्यान्जिबल नेट वर्थको अनुपात पनि गत आवमा बढेर ३.६८ गुणा पुगेको छ, जुन सन् २०२४ मा २.६५ गुणा थियो ।ऋणको स्तर बढे पनि कम्पनीको ऋण भुक्तानी क्षमता सूचकहरू भने सुधारिएको नाफा र कम ब्याज खर्चको सहयोगले सन्तोषजनक रहेका छन् । ब्याज कभरेज अनुपात सन् २०२४ मा ४.५३ गुणा रहेकोमा गत आवमा बढेर ५.२२ गुणा पुगेको छ । यसले कम्पनीको ऋण भुक्तानी गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्दछ ।

    त्यसैगरी, ऋण सेवा कभरेज अनुपात सन् २०२४ को १.९७ गुणाबाट घटेर गत आवमा १.८६ गुणा पुगेको छ । यद्यपि, यो अझै पनि सन्तोषजनक स्तरमै रहेको छ ।कम्पनीसँग नेपालका लागि ‘एसपीआई’को वितरक अधिकार रहेको छ । कम्पनीले मुटु तथा रक्तनली, स्नायु, हाडजोर्नी तथा क्यान्सरजस्ता रोगहरूको उपचारमा प्रयोग हुने औषधिसहित २५० भन्दा बढी दर्ता भएका दीर्घकालीन रोगसम्बन्धी औषधिहरू वितरण गर्दै आएको छ ।कम्पनीमा भुवन राजभण्डारी र राजेन्द्र अमात्यको ३०/३० प्रतिशत स्वामित्व छ भने मोना मास्के र राजकिशोर प्रसाद कल्वारको २०/२० प्रतिशत स्वामित्व रहेको छ ।कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६१ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ४३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend