images

२०८३ आश्विन १६ गते

images
images
images

लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ

लुम्बिनीमा २० प्रतिशतभन्दा बढी रोपाइँ

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • लुम्बिनी, १५ असार । आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।

    images
    images

    लुम्बिनी प्रदेश, कृषि विकास निर्देशनालयको लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्याङ्कअनुसार धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६७० दशमलव ८७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए । यसअनुसार हाल सम्ममा प्रदेशका १२ जिल्लामा २० दशमलव आठ प्रतिशत मात्र रोपाइँ सकिएको छ । यो तथ्याङ्क गत वर्षको यस अवधिभन्दा झण्डै चार प्रतिशत कमी हो ।

    जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पाल्पामा सात हजार २८७ हेक्टरमध्ये तीन हजार २७९ दशमलव चार हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । त्यसपछि गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २४ दशमलव पाँच प्रतिशत र बर्दियामा १९ दशमलव ३१ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

    images
    images

    दाङमा ३६ हजार २०० हेक्टरमध्ये पाँच हजार ४३० हेक्टरअर्थात् १५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । अर्घाखाँचीमा ११ दशमलव २७ प्रतिशत र रोल्पामा चार दशमलव आठ प्रतिशत रोपाइँ भएको छ ।

    रुपन्देहीमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यहाँ ६३ हजार ५५० हेक्टरमध्ये २७ हजार ३२६ दशमलव पाँच हेक्टर क्षेत्रमा रोपाइ सकिएको छ । कपिलवस्तुमा १५ दशमलव आठ प्रतिशत तथा प्यूठानमा आठ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्कमा उल्लेख छ ।

    यस्तै लुम्बिनी प्रदेशको धान उत्पादनमा सबैभन्दा राम्रो मानिने बर्दिया जिल्लामा १९ दशमलव ३१ प्रतिशतअर्थात् नौ हजार ६८५ हेक्टरमा रोपाइँ सकिएको छ । बर्दियामा ६३ हजार २७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १५० हेक्टरमा धान रोपाइँ हुने गर्दछ ।

    यस्तै यस वर्ष सबैभन्दा कम रोपाइँ बाँके जिल्लामा भएको छ । बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये केवल १६८ दशमलव नौ हेक्टरअर्थात् शून्य दशमलव पाँच प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । मनसुन सक्रिय हुँदै गएसँगै धान रोपाइँको गति थप तीव्र भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend