images

२०८३ कार्तिक ४ गते

images
images
images

एनआइएमबी एस क्यापिटलको धनतेरस अफर सार्वजनिक

एनआइएमबी एस क्यापिटलको धनतेरस अफर सार्वजनिक

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर ल्याएको छ।जस अन्तर्गत तीन जना भाग्यशाली विजेताहरू हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन्।

    images
    images

    यस योजनामा योग्य हुनका लागि ग्राहकहरूले एनआइएमबीबाट हितग्राही खाता खोली एसआइपी  रजिस्ट्रेसन गर्नुपर्नेछ। कात्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ। कात्तिक १३ गते राति ११:५९ बजे सम्म रजिस्ट्रेसन गरेकोहरू मात्र लक्की ड्र मा पर्नु हुनेछ।

    यस योजनाका विजेताहरूको घोषणा भने कात्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक मार्फत लाइभ गरिनेछ।एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ।

    images
    images

    हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend