images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • शिक्षा प्रणालीप्रतिको विश्वास जोगाउन सुधार आवश्यकः...

शिक्षा प्रणालीप्रतिको विश्वास जोगाउन सुधार आवश्यकः गीता गुरुङ

शिक्षा प्रणालीप्रतिको विश्वास जोगाउन सुधार आवश्यकः गीता गुरुङ

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनमा देखिएको गम्भीर त्रुटिको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गठन गरिने छानबिन समिति औपचारिकता पूरा गर्ने माध्यम मात्र बन्न नहुने चेतावनी दिइन्।

    images
    images

    सांसद गुरुङले नतिजा प्रकाशन प्रक्रियामा भएको कमजोरीले हजारौँ विद्यार्थीको भविष्यसँग खेलबाड भएको बताउँदै छानबिन पारदर्शी, निष्पक्ष र समयमै सम्पन्न हुनुपर्नेमा जोड दिइन्।

    उनले सरकारले करिब ३० दिनमै नतिजा सार्वजनिक गरेको उपलब्धिको रूपमा व्याख्या गरे पनि हतारका कारण गम्भीर त्रुटि भएको आरोप लगाइन्। उनका अनुसार यही हतारले हजारौँ विद्यार्थी र अभिभावकलाई पीडा, अन्योल र आक्रोशमा धकेलेको छ।

    images
    images

    गुरुङले उत्तरपुस्तिकाको कोडिङ–डिकोडिङ प्रक्रियामा भएको लापरबाहीप्रति प्रश्न उठाउँदै केवल छिटो नतिजा निकाल्ने नाममा विद्यार्थीको भविष्यसँग खेल्ने अधिकार कसैलाई नभएको स्पष्ट पारिन्।

    उनले पुनः परीक्षण (रीटोटलिङ वा पुनर्मूल्यांकन) का लागि विद्यार्थीबाट चर्को शुल्क असुल्ने व्यवस्था तत्काल हटाई निःशुल्क पुनः परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरिन्। त्रुटिका कारण प्रभावित भएका विद्यार्थीलाई आर्थिक भार थप्नु न्यायोचित नहुने उनको भनाइ थियो।

    सांसद गुरुङले नतिजा त्रुटिविरुद्ध आन्दोलनरत विद्यार्थीको मागप्रति आफ्नो ऐक्यबद्धता पनि जनाइन्। उनले सरकारलाई विद्यार्थीको आवाज गम्भीरतापूर्वक सुन्न, समस्या समाधान गर्न र भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न आग्रह गरिन्।

    उनले शिक्षा प्रणालीप्रति विद्यार्थी र अभिभावकको विश्वास कायम राख्न नतिजा प्रकाशन प्रक्रियालाई थप पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउन आवश्यक सुधार तत्काल अघि बढाउनुपर्नेमा पनि जोड दिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend