images

२०८३ आश्विन १६ गते

images
images
images

अट्ठाइस लाख खर्चेर विद्यालय भवन निर्माण

अट्ठाइस लाख खर्चेर विद्यालय भवन निर्माण

images
images
शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • म्याग्दी, १३ असार । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ। ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । 

    images
    images

    विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले रु २८ लाख ६३ हजारको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिए । उनका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले रु २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ । 

    पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend